काठमाडौं : माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ ।
बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले कम्पनीको आईपीओ आज बिहान बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा कुल २२ लाख ५ हजार ८७१ आवेदकबाट २ करोड ४५ लाख १२ हजार ५३० कित्ता सेयर खरिदका लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।
जसमा २१ लाख ९७ हजार ५८२ आवेदन सदर भएको छ भने ८ हजार २८९ आवेदन बदर भएको छ । सदर आवेदकबाट २ करोड ४४ लाख १२ हजार १७० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ । कुल सदर आवेदकमध्ये १ लाख २४ हजार ८९० जनालाई १० कित्ताका दरले १२ लाख ४८ हजार ९ सय कित्ता सेयर बाँडफाँट गरिएको छ भने बाँकी ४ कित्ता सेयर ४ जनालाई १/१ कित्ताका दरले बाँडफाँट गरिएको छ ।
कम्पनीले साउन २६ गतेदेखि साउन २९ गतेसम्म आम सर्वसाधारणका लागि १५ लाख ४ हजार ७०६ कित्ता सेयर निष्काशन गरेको हो ।





