काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झा र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटवार्ता भंगालस्थित पूर्वराष्ट्रपति निवासमा सम्पन्न भएको हो ।
भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले सहकारी काण्डमा रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागारमा पठाइएको विषयप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । उनले उक्त मुद्दामा लामिछानेप्रति आफूको सद्भाव रहेको उल्लेख गर्दै अहिले भइरहेको घटनाक्रमप्रति चिन्ता व्यक्त गरिन् ।
‘रविजीमाथि जे भइरहेको छ, त्यसमा म सन्तुष्ट छैन, उहाँप्रति मेरो सद्भाव छ,’ प्रवक्ता झासँगको कुराकानीमा भण्डारीले भनिन् ।





