नयाँ नेपालको यात्रामा सहभागी हुन अध्यक्ष भट्टराईको आह्वान

२०८२ भाद्र १०, मंगलवार

काठमाडौँ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समानता, आत्मसम्मान र प्रगतिशील सोचसहितको नयाँ नेपालको यात्रामा सबै सहभागी हुन आव्हान गरेका छन् ।

तीजका अवसरमा आज सम्पूर्ण नेपाली, आमा तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “तीज पर्वले ल्याउने एकता, प्रेम र सांस्कृतिक गौरवले हाम्रो सामाजिक सद्भाव र समृद्ध भविष्य निर्माणमा प्रेरणा देओस् ।”

अध्यक्ष भट्टराईले सबैले तीजको धार्मिक र सांस्कृतिक मूल्यलाई आत्मसात गर्दै मर्यादित र मौलिक ढङ्गले मनाउनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार