संवैधानिक इजलासमा प्रधानन्यायाधीशले नै न्यायाधीश छान्ने

२०८२ भाद्र ११, बुधबार

काठमाडौँ : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलासमा वरिष्ठता अनुसारका न्यायाधीश नभई आफैंले छनौट गर्ने भएका छन् । प्रधान्यायाधीश राउतले बुधबार पत्रकारहरूसँग कुरा गर्दै आफ्नो अधिकार प्रयोग गरेको जानकारी दिएका हुन् ।

संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिंदै आएका थिए । पछिल्लो समय संवैधानिक इजलासमा प्रधानन्यायाधीशसँग अन्य न्यायाधीशहरूको राय बाझिन थालेपछि प्रधानन्यायाधीश राउतले आफूखुसी अन्य न्यायाधीशहरू तोक्ने अडान राख्दै आएका थिए ।

यसको विपक्षमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित अन्य न्यायाधीशहरू उभिएका थिए ।

राउतले सञ्चारकर्मीहरूसँग भने, ‘मैले लिएको निर्णयमा सबै सहमत छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार