काठमाडौं : नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य विक्रमसिंह थापा पदमुक्त भएका छन् ।
पार्टी पद्धतिमा नरहेको र नेतृत्वलाई असहयोग गरेको कारण देखाएर उनलाई कारबाही गरिएको कांग्रेस लुम्बिनीका एक पदाधिकारीले हाम्रोदेशलाई बताए । पूर्वएसएसपीसमेत रहेका थापा आठ वर्षयता कांग्रेसको सक्रिय राजनीतिमा छन् ।
प्रदेश कार्यसमिति कार्यालयले सार्वजनिक गरेको पत्रमा नेपाली कांग्रेस विधान २०७१ (संशोधनसहित)को परिच्छेद ७ को धारा १३ (१) को उपधारा (१०) बमोजिम थापालाई जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ ।
थापा कपिलवस्तुको महाराजगन्ज नगरपालिका–८ निवासी हुन् ।





