सिटीपे अब फोनेपेको नेटवर्कमा

२०८२ भाद्र १८, बुधबार

काठमाडौं : भुक्तानी प्रणाली सञ्चालक फोनेपेले आधिकारिक रूपमा सिटीपेलाई आफ्नो पारिस्थितिकी प्रणालीमा एकीकृत गरेको छ।

यसले नेपालमा सहज, सुरक्षित र समावेशी डिजिटल भुक्तानी वातावरण निर्माण गर्ने फोनेपेले जनाएको छ। यस साझेदारीमार्फत सिटीपे वालेट प्रयोगकर्ताहरू अब फोनेपेको राष्ट्रव्यापी अन्तर्सञ्चालित क्यूआर नेटवर्क पहुँच गर्न सक्नेछन्। उनीहरूले देशभर १.७ मिलियनभन्दा बढी व्यापारी आउटलेटहरूमा भुक्तानी गर्न सक्नेछन्।

हाल, फोनेपे नेटवर्कले ६० भन्दा बढी बैंक र वित्तीय संस्थाहरूलाई जोडेको छ। बढ्दो संख्यामा वालेट साझेदारहरूलाई पनि समेट्दै कम्पनी लाखौं प्रयोगकर्तामाझ सुरक्षित र तत्काल डिजिटल लेनदेनको सुविधा प्रदान गर्न सफल भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार