राप्रपाकी सांसद गीता बस्नेत १५ लाख धरौटीमा रिहा

२०८२ भाद्र १८, बुधबार

काठमाडौं : छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको ९६ लाख रुपैयाँ हिनामिनामा संलग्न रहेको अभियोगमा एक वर्षदेखि फरार रहकी राप्रपाकी संघीय सांसद गीता बस्नेत १५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छन् ।

पूर्वी नवलपरासी जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञावालीको इजलासले बुधबार धरौटीमा रिहा गर्ने आदेश दिएको हो । राप्रपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी बस्नेत बुधबार बिहान साढे १० बजे दुई जना वकिलसहित अदालतमा उपस्थित भएकी थिइन् ।अदालतमा हाजिर भएको दिनमै थुनछेक बहसपछि उनी धरौटीमा छुटेकी हुन् ।

जिल्ला सरकारी वकिल सुरेन्द्र काफ्लेले बस्नेत धरौटीमा रिहा भएको पुष्टि गरे । बस्नेत अध्यक्ष रहेको बर्दियास्थित कृष्णसार रिसोर्टमा छिपछिपे सहकारीको ९६ लाख रुपैयाँ अवैध रूपमा लगानी गरिएको छानबिन प्रतिवेदनमा उल्लेख छ । सोही आधारमा जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले उनीविरुद्ध सहकारी ठगी मुद्दा दर्ता गरेको थियो ।

मुद्दा दर्ता भएपछि बस्नेत फरार रहँदै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार