बगंलादेशको फुटबल टोली नेपालमा

२०८२ भाद्र १९, बिहीबार

काठमाडौं : दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपाल आइपुगेको छ। बुधबार राति त्रिभुवन विमानस्थल अवतरण भएपछि बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरेका छन्।

नेपाल र बंगलादेशबीचको दुई मैत्रीपुर्ण खेल शनिबार र मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने छ । खेल साँझ साढे ५ बजे सुरु हुनेछ।प्रतियोगिताका लागि एन्फाले भीआईपी प्यारापिटतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार