काठमाडौँ : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको क्लव एचिभर्स अवार्ड सेरेमोनी कार्यक्रम सम्पन्न भएको छ ।
देशैभरिबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा क्लव एचिभर्स अवार्ड सेरेमोनी कार्यक्रम भव्यताका साथ सु–सम्पन्न गरेको हो । कार्यक्रम भाद्र १६ गतेबाट भाद्र १९ गतेसम्म ४ दिन पोखरामा सञ्चालन भएको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समिति सदस्य समशेर पराजुलीले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी चियरम्यान क्लव, सिइयो क्लव, कर्पोेरेट क्लव हासिल गरेका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समिति सदस्य समशेर पराजुलीले बीमा व्यवसायमा अब्बल रहि विभिन्न क्लवहरुमा सम्मानित भएका उत्कृष्ट अभिकर्ताहरुलाई बधाई ज्ञापन गरेका थिए।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ताहरुको योगदानको उच्च कदर गर्दै आगामी दिनमा अझै उत्कृष्ट व्यवसाय गर्न उत्प्रेरणा दिए ।सोही कार्यक्रमको अवसर पारेर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले मेट्रिक्स फाइट नाइट (एमएफएन) २०२५ का विजेता रविन्द्र ढाँटलाई नगद १ लाख ११ हजार १ सय ११ सहित विशेष सम्मान गरिएको थियो ।

सम्मानीत भएपछि कार्यक्रमलाई सम्बोधन गर्दै रविन्द्र ढाँटले आफ्नो संघर्ष र सफलताको कथा शेयर गरे । उनले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स परिवारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि साथ रहने बताए । कार्यक्रममा सर्टिफाइड एनएलपी ट्रेनर एण्ड कोच मिन घलेको व्यवसायी जीवनमा व्यवहारिक बीमा बिक्रीकला सम्बन्धी उत्प्रेरणात्मक सेसन रहेको थियो । यसका साथै विभिन्न सांस्कृतिक र मनोरञ्जनात्कम कार्यक्रमले रौनकता थपिएको थियो ।








