आइतबार सार्वजनिक बिदा

२०८२ भाद्र १९, बिहीबार

काठमाडौँ : चेपाङ समुदायको पहिचानसँग जोडिएको छोनाम (न्वागी ) पर्वको अवसरमा भदौ २२ गते आइतबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।

बागमती प्रदेश सरकारले चेपाङ समुदायको छोनाम (न्वागी ) को अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै भदौ २२ गते आइतबार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार