बादल पनि खुले पूर्वराष्ट्रपति भण्डारीको पक्षमा

२०८२ भाद्र २०, शुक्रबार

काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा (बादल) पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका छन् ।

पूर्वराष्ट्रपति एवम् पूर्वउपाध्यक्ष भण्डारीलाई पार्टी राजनीतिमा फर्कन दिने वा नदिने भन्ने विवादमा मौन बसेका बादल विधान महाधिवेशनको पूर्वसन्ध्यामा खुलेका हुन् । बिहीबार बसेको एमाले सचिवालय बैठकमा उपाध्यक्ष थापाले धारणा राख्दै विद्या भण्डारीबारे गरिएको निर्णय सच्याउनुपर्ने बताए । भण्डारीलाई राजनीतिमा रोक्ने निर्णयलाई गम्भीर रुपमा लिनुपर्ने उनको भनाई थियो ।

संविधानमा प्रष्ट नलेखिएकाले पूर्वराष्ट्रपतिले लिएको निर्णयलाई अन्यथा लिन नहुने बताएको एक नेताले जानकारी दिए । ‘यो विषयबारे संविधानमा क्लियर छैन, त्यसैले उहाँले इच्छा राख्नुलाई अन्यथा ठान्नु हुँदैन,’ बादलको भनाई उदृत गर्दै उनले भने । एमालेको निर्णयले समाज विभाजन भएको उनले तर्क गरे ।

‘सोसाइटी विभाजित छ । हामीले यसलाई सामान्य रुपमा लिनु हुँदैन,’ उनले भने, ‘गम्भीर रुपले हेर्नुपर्छ, र समाधान गर्नुपर्छ ।’ विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल गर्न बोलाइएको नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति भण्डारीको विषय मुख्य एजेण्डा बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार