‘जेन जी’ प्रदर्शनमा मृत्यु हुनेको संख्या दुई पुग्यो

२०८२ भाद्र २३, सोमबार

काठमाडौं : भ्रष्टाचारविरुद्ध ‘जेन जी’ पुस्ताले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या दुई पुगेको छ।

सोमबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक २२ वर्षीय युवकको मृत्यु भएको हो। थप एक जना प्रदर्शनकारीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको छ।

सोमबार दिउँसो प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीसँग झडप भएको थियो। झडपका क्रममा प्रहरीले गोली चलाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार