प्रधानमन्त्री ओली दुबई जादै

२०८२ भाद्र २४, मंगलवार

काठमाडौं : प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्सको विमानमार्फत दुबई जाने तयारी गरिरहेका बुजिएको छ ।

प्रदर्शनकारीले संचारमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको घरमा आगजनी र तोडफोड गरिसकेको तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवासतर्फ बढिरहेको अवस्थामा प्रधानमन्त्रीले आफू समेत असुरक्षित भएको महसुस गरेका हुन् ।

सरकारले सोमबार साँझ प्रदर्शन हिंसात्मक हुनुको कारणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । यो समितिलाई १५ दिनको समय दिएको छ । तर, मंगलबार कर्फ्यू लगाउँदा पनि प्रदर्शन जारी रहेपछि यो समितिले छानबिन गर्नै नसक्ने र समितिको रिपोर्ट आउने बेलासम्म देशमा नेताहरु सुरक्षित रहनै नसक्ने अवस्था आउन सक्नेप्रति ओली सशंकित छन् । स्रोतका अनुसार ओली स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्सको विमानमार्फत दुबई जाने तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
5
+1
1
+1
1
+1
0
+1
3
+1
0

ताजा समाचार