राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जनालाई समात्यो सेनाले

२०८२ भाद्र २५, बुधबार

काठमाडौं : नेपाली सेनाले राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जनालाई पक्राउ गरेको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले बानेश्वरको बैंक लुट्ने पाँच जनालाई सेनाले पक्राउ गरेको जानकारी दिएको छ। मंगलबार राति १० बजेदेखि देशभरी सेना खटिसकेको छ। यसबीच आपराधिक तथा अपराजक गतिविधि बढ्न सक्ने भन्दै नेपाली सेनाको जंगी अड्डाले दुइटा हटलाइन नम्बर जारी गरेको छ।

सेनाले ०१–५९७९२२३ र ०१–५९७९२२४ मा सम्पर्क गर्न सकिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार