जेनजी आन्दोलनलाई समर्थन गर्दा दीपकराज गिरीलाई धम्की

२०८२ भाद्र २७, शुक्रबार

काठमाडौँ : कलाकार दीपकराज गिरीले जेनजी आन्दोलनलाई समर्थन गर्दा आफूलाई धम्की आउन थालेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार एक पोष्ट गर्दै उनले यसबारे जानकारी दिएका हुन् । केही दिन अगाडिबाट इनबक्स र फोनमार्फत धम्कीहरू आइरहेको उनले बताए ।

‘अस्तिको दिनबाट केही मानिसहरूले मलाई पनि धम्काउन थालेका छन् । केहीले इनबक्समा त, केहीले कल नै गरेर’, उनले अगाडि भनेका छन् ‘उनीहरूको भनाई थियो जेनजीलाई उकास्ने त ? कलाकार भएर जेनजी तिर लाग्ने ?’

जेनजी पुस्ताका युवाहरूले गत साेमबार र मंगलबार भ्रष्टाचार,सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायत विरूद्ध प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार