काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हालै नख्खु कारागारबाट बाहिर निस्केको घटनालाई लिएर नेकपा एमालेका नेता महेश बस्नेतले प्रश्न उठाएका छन्।
बस्नेतले भनेका छन् कि लामिछाने Genz आन्दोलनको आडमा फिल्मी शैलीमा हात हल्लाउँदै अवैध रूपमा जेलबाट निस्किएको आरोप छ। उनका अनुसार, “साँच्चिकै Genz युवाहरूले अस्वीकृति जनाएपछि फेरि फिल्मी शैलीमा लाइभ गरी ‘नखु जानुभयो’ भन्ने सुनिन्छ। यस्तो अवसरमा चौका हान्ने खेल सँधै सफल के हुन्थ्यो र?”
एमाले नेता बस्नेतले लामिछानेको पार्टीलाई समेत १४,३०७ जना कैदीबन्दीहरू बाहिर निस्किएको विषयमा जवाफदेही बन्न आग्रह गरेका छन्। उनले कानुनी प्रक्रियाअनुसार कार्य गर्न र राजनीतिक सहकार्य गर्न आग्रह गर्दै भने, “हिजोको जस्तो गाली गरेर हिरो बन्ने अवस्था सधैं पाइँदैन। जवाफदेहीता अनिवार्य छ।”
यसअघि लामिछाने सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा थिए। भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा सुरक्षा कारण देखाउँदै कारागारबाट बाहिर निस्किएको थिए । ललितपुर प्रहरीले उनलाई फेरी कारागार फर्काएको थियो।






