काठमाडौं : जेनजीको आन्दोलन पछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेकी छिन् ।
कुनै राजनीतिक आवद्धता नभएका विज्ञलाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको बेला पूर्व अर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री बनाउने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कार्की खनाललाई मन्त्री बनाउन सकरात्मक देखिएको स्रोतको दाबी छ । यसअघि सरकारले खनाललाई उच्च स्तरीय आर्थिक सुधार आयोगको संयोजक बनाएको थियो । मुलुकको अर्थतन्त्रको बारेमा शुक्ष्म अध्ययन गरेका खनालसँग सुधारका खाका समेत रहेका छन् ।





