काठमाडौं : बुंगल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलले कम्पनीको आईपीओ आज बिहान बाँडफाँट गरेको हो।
कम्पनीको आईपीओमा कुल २१ लाख ७५ हजार ८८८ जना आवेदकले २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २१ लाख ४३ हजार २५० जनाको आवेदन सदर भएको छ भने ३२ हजार ६३८ जनाको आवेदन रद्द भएको छ ।
सदर भएका आवेदनलाई गोलाप्रथा प्रक्रिया मार्फत सेयर बाँडफाँट गरिएको छ। जसमा १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।
कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता सेयर निष्काशन गरेको थियो।





