२५ वर्षीया युवतीको बलात्कारपछि हत्या गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

२०८२ आश्विन २, बिहीबार

काठमाडौँ : सहकारीमा कार्यरत २५ वर्षीया युवतीलाई बलात्कारपछि हत्या गरेको आरोपमा खोटाङ प्रहरीले १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे निवासी रविन परियारकी पत्नी २५ वर्षीया रेश्मीका सिवा परियारको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँमा १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको हो। गएको आइतबार राति रेश्मीकाको शव स्थानीय जंगलमा फेला परेको थियो।

पक्राउ परेका किशोर र रेश्मीकाबीच सामान्य चिनजान रहेको प्रहरी अनुसन्धानले देखाएको छ। किशोर सोही ठाउँका स्थानीय वासिन्दा हुन्। उनले सोही ठाउँमा लेवरको काम गर्दै आएका थिए। रेश्मिका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार