काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ ।
भदौ २४ गते भएको जेन-जी आन्दोलनमा रविलक्ष्मीलाई घरमै जिउँदै आगो लगाएका थिए । त्यसपछि उनको कृतिपुर वन अस्पतालमा उपचार भइरहेको छ । उपचारका क्रममा हातमा इन्फेक्सन भएपछि चित्रकारको हात काटिएको झलनाथ खनालले बताएका छन् ।
झलनाथ खनाल पनि हाल अस्पतालमै रहेका छन् । खानालले चित्रकार स्वास्थ्य सुधार आइरहेको जनाएका छन् ।





