सवारी दुर्घटनामा दुई जनाको मृत्यु

२०८२ आश्विन २, बिहीबार

काठमाडौं : काठमाडौं महानगरपालिका-१६ बनस्थली चोकस्थित सडकमा बाग्मती प्रदेश ०१-००६ ख ७५४३ नम्बरको बसको ठक्करबाट पैदलयात्री काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने संखुवासभा घर भएका ६८ वर्षीय जश बहादुर मगरको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

पर्सा, जगरनाथपुर गाउँपालिका-६ औराहास्थित सडकमा वीरगंजबाट पटेर्वासुगौलीतर्फ जाँदै गरेको बा.६३ प ३१८८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया लालपरी देवीको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार