विदेशी दलाल अझै निस्केन ? : हर्क साम्पाङ

२०८२ आश्विन ४, शनिबार

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरानका उपमहानगरपालिका मेयर हर्क साम्पाङबीचको जुहारीले सामाजिक सञ्जाललाई तताएको छ ।

फेसबुकमा दुवै पक्षका समर्थकहरूबीच तीखो बहस चलिरहेको छ, जसमा हर्कले बालेनलाई लगातार प्रहार गरिरहेका छन् । हर्कले बालेनलाई विदेशी दलालको संज्ञा दिएका छन् । बालेनले यस बीचमा हर्कलाई एउटै मात्र जवाफ दिएका छन् । जसमा उनले हर्कलाई आफू एकतर्फी भए पनि निरन्तर माया गरिरहने बताएका छन् ।

हर्कले भने बालेनलाई निरन्तर घोचपेच शैलीको फेसबुक पोष्टहरु हालिरहेका छन् । उनले दिनहुँ जस्तो बालेनलाई केही न केही को संज्ञा दिइरहेका हुन्छन् । यसबीचमा हर्कले बालेनलाई भनेका छन्, ‘विदेशी दलाल अझै निस्केन ? दलालका साइबर स्यालहरू कमेण्टमा रुवाबासी गरेको देख्दा नि उदेक लाग्छ मलाई !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार