जेन–जीको रगतमा बनेको नयाँ सरकार आउँदा पनि घोटालाको शैली देखिन्छ: महेश बस्नेत

२०८२ आश्विन ६, सोमबार

काठमाडौँ : नेकपा (एमाले)का नेता महेश बस्नेतले जेन–जीको रगतमा बनेको नयाँ सरकार आउँदा पनि घोटालाको शैली देखिएको बताएका छन्।

नयाँ गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेकै लगत्तै नेपाल प्रहरीले पोसाक खरिदमा २५ आइटम दोब्बर–तेब्बर मूल्यमा ठेक्का दिएको तथ्य बाहिर आएका भन्दै उनले यस्तो आरोप लगाएका हुन्।

‘गत वर्ष २५१ रुपैयाँमा खरिद गरिएको सर्ट यसपालि ४२६ रुपैयाँमा कबोल भएको छ, जुत्ता पाइन्टदेखि चुस्तासम्म करोडौँ थप खर्च गर्ने गरी स्वीकृति गरिएछ,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुरानै ठेकेदार, सीमित प्रतिस्पर्धा, र गृहमन्त्री मौन रहेर मिलेमतोमा ठेक्का दिएको व्यापक आशङ्का छ। प्रश्न भ्रष्टाचार को विरोधमा जेनजीको रगतमा बनेको नयाँ सरकार आउँदा पनि घोटालाको शैली देखिन्छ भने, जनताले कसरी विश्वास गर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार