काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्।
बैठक आइतबार दिउँसो १ बजे भक्तपुरको गुन्डुस्थित ओली निवासमै बस्ने गरि बोलाइएको हो। जेनजी आन्दोलनका कारण सरकारबाट बाहिरिन बाध्य भएका ओलीले बोलाएको यो पहिलो बैठक हो।
बैठकमा पार्टीको आगामी रणनीति, आन्दोलनको मूल्याङ्कन, र सरकारको वर्तमान अवस्थालाई लिएर महत्त्वपूर्ण छलफल हुने जनाइएको छ।





