संविधानमै राजनीतिक समस्याको समाधान खोज्नुपर्छ : देउवा

२०८२ आश्विन १३, सोमबार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान नै राजनीतिक समस्याको समाधानको आधार भएको बताएका छन्।

बडादसैँको अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानलाई मुलुकको सर्वोच्च कानुन भन्दै विशेष परिस्थितिमा पनि समाधान संविधानमै खोजिनुपर्ने बताए। उनले संविधान सात दशक लामो नेपाली जनताको त्याग, बलिदान र आकांक्षाबाट बनेको ऐतिहासिक दस्तावेज भएको उल्लेख गरे। भाद्र २३ र २४ गतेका आन्दोलनमा ज्यान गुमाएका युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै हिंसात्मक गतिविधिलाई दुःखद र निन्दनीय बताए।

देउवाले दशैंलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा लिँदै राष्ट्रमा एकता, शान्ति र समृद्धिको कामना पनि गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार