नेपालले आज वेस्ट इन्डिजविरुद्ध दोस्रो खेल खेल्दै

२०८२ आश्विन १३, सोमबार

काठमाडौं : नेपालले आज वेस्ट इन्डिजविरुद्ध दोस्रो खेल खेल्दै छ ।

नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा सन् २०१२ र २०१६ को विश्वकप विजेताविरुद्ध १९ रनको ऐतिहासिक जित निकालेको थियो । नेपाली क्रिकेटकै इतिहासमा टेस्ट राष्ट्रविरुद्धको यो पहिलो जित हो । उक्त जितसँगै तीन शृंखलामा नेपाल १–० ले अघि छ ।

नेपाली टिम आज युनाइटेड अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धामा उत्रिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार