२ कारणले हाम्रो पार्टीको झन्डा हुने छैन : हर्क साम्पाङ

२०८२ आश्विन १३, सोमबार

काठमाडौं : ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो दलको झन्डा नहुने बताएका छन्। पार्टीको झन्डा नराख्नुमा उनले २ कारण रहेको बताएका छन्।

‘हाम्रो पार्टीको झन्डा रहने छैन। कारण २ वटा छन्’, मेयर साम्पाङले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्,  ‘१. कपडाको नाश गर्न चाहनौँ। गरिबले नाङ्गो आङ ढाक्न नसकेको बेला करोडौँको कपडा च्यातेर झन्डा बनाउनु हुन्न। २. आफ्नो पार्टीको झन्डा बोक्न थाले देशको राष्ट्रिय झन्डाको माया नलाग्दो रैछ। त्यसैले हाम्रो पार्टीको झन्डा हुने छैन।’

निर्वाचन आयोगले दल दर्ताका लागि साम्पाङबाट आएको निवेदन अध्ययनकै क्रममा रहेको र दसैँ बिदा सकिएलगत्तै यस विषयमा निर्णय हुने बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार