गुल्मीमा बस दुर्घटना हुँदा १५ जना घाइते

२०८२ आश्विन १३, सोमबार

काठमाडौं : गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ छल्दीपनाहमा सोमबार दिउँसो भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन्।

बुटवलबाट तम्घास हुँदै अर्जेतर्फ जाँदै गरेको लु. १ख ७७७६ नम्बरको बस सडकदेखि करिब ५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए।

ईस्मा गाउँपालिका–४ बस्ने ४४ वर्षीय चालक वीरबहादुर गुरुङले चलाएको बस घुम्तिमा अचानक ब्रेक फेल भई सडक किनारमै रहेको मनीष कुँवरको खाली घरमा अड्किएर रोकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। बस र घर दुवै पूर्णरुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार