सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०८२ आश्विन १४, मंगलवार

काठमाडौं : देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ नडाहा चतरा जंगलस्थित सडकमा झण्डा चोकबाट नडाहा तर्फ जाँदै गरेको प्रदेश १–०२–०४६ प ४३३४ नम्बरको स्कुटर सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३५ वर्षीय कमल पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमजुङको राइनास नगरपालिका–३ नौबिसेस्थित सडकमा ग.२४ प १६३० नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भई दुर्घटना हुँदा २३ वर्षीय समिर ठकुरी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा सहोदर अस्पताल लमजुङमा उनको मृत्यु भएको हो ।

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–४ केत्तुकेस्थित सडकमा सोमबार दिउँसो बा.५ ख ८२२९ नम्बरको बस र प्र.१–०७–००१ प ०६७४ नम्बरको मोटरसाइकल ठोक्किँदा २१ वर्षीय बिनोद कटवालको मृत्यु भएको छ । गम्भीर घाइते भएका कटवालको सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न बस चालकलाई नियन्त्रणमा लिइएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ मालपोत चोकस्थित सडकमा मंगलबार दिउँसो बा.प्र.०१–०२५ च ६०७४ नम्बरको कारले ठक्कर दिँदा ७१ वर्षीया प्यारी साह गम्भीर घाइते भएकी थिइन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । सो कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार