रसुवागढीको मितेरी पुल निर्माणमा तीव्रता

२०८२ आश्विन १४, मंगलवार

काठमाडौं : गत २४ असारमा ल्हेन्देखोलामा आएको बाढीले बगाएको मितेरी पुल निर्माणमा तीव्रता दिइएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार खोलाको पानीलाई ह्युमपाइपको सहायताले एकत्रित गरी चिनियाँ प्राविधिकले नेपाल तर्फको पिल्लर ठड्याउने काम गरिरहेका छन् । अहिलेकै गतिमा काम गरेमा तिहारभन्दा अगाडि पुल निर्माण हुने प्रजिअ पन्थीले बताए ।

त्यसैगरी पानीले जग खोतलेको अन्तर्राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने कुलुङखोला पुलको संरचना निर्माण यही २५ असोजभित्र सम्पन्न गर्ने लक्ष्य रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार आयोजनाले जनाएको छ ।

निर्माण सामग्री ढुवानी भइसकेका कारण दसैँलगत्तै बाँकी संरचना निर्माण सुरू गरिने उक्त सडक सुधार आयोजनाका इञ्जिनियर कुमार विक्रम पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार