ब्रेक फेल भएको बसले मोटरसाइकललाई किच्दा दुई जनाको मृत्यु

२०८२ आश्विन १५, बुधबार

काठमाडौं : बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक बुधबार बिहान बसको ब्रेक फेल भएर मोटरसाइकललाई किच्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ८५३७ नम्बरको बस बिहान करिब १० बजे हेटौँडा–पथलैया सडकखण्डको उकालोमा पुग्दा अचानक ब्रेक फेल भएर ब्याक हुँदा पछाडिबाट आउँदै गरेका दुई वटा मोटरसाइकल किचेको थियो । उक्त दुर्घटनामा दुवै मोटरसाइकल चेपिएका थिए ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार बारा फेटा गाउँपालिका–१ भरवलियाका २५ वर्षीय मकेश्वर पटेल र पर्सा वीरगञ्ज महानगरपालिका–३१ बस्ने २६ वर्षीया कवितादेवीको मृत्यु भएको हो । उपचारका लागि उनीहरूलाई कलैया प्रादेशिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको हो ।

दुवैलाई अस्पताल पुर्‍याउँदा दिउँसो १२ः१० बजे चिकित्सकले मृत घोषित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार