काठमाडौं : झापाको बिर्तामोडमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
सगरमाथा यातायातको प्र १-०१-००१ ख ४४५९ नम्बरको बस बिर्तामोड नगरपालिका– ६, मा अनियन्त्रित भई दुर्घटना हुँदा अन्य १३ जना घाइते भएका छन् । विराटनगरबाट काँकडभिट्टाका लागि छुटेको बस बिहीबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेमा सुनसरीको इटहरी नगरपालिका- ११ बस्ने ४६ वर्षीय दिनेशकुमार भट्टराई र मोरङको रंगेली नगरपालिका- २ बस्ने ४२ वर्षीय राजकुमार चौधरी छन् । चौधरी बसका सहचालक हुन् । घाइतेहरूलाई बीएन्डसी अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।










