काठमाडौं : ‘आश्विन शुक्ल द्वादशी’ दसैंको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ।
आज विशेष कारण विजयादशमीका दिन टिका ग्रहण गर्न नपाएकाहरूले आफन्त तथा मान्यजनकाे हातबाट टिका लगाउँदै छन्। विजयादशमी, एकादशी हुँदै कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ तर कहीं कतै ‘पश्चिम नेपालका केही जिल्ला’ मा भने विजयादशमीमा मात्रै टीका लगाइन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिने जनाएको छ।





