दुई मोटरसाइकल आपसमा ठोक्किँदा चार जना घाइते

२०८२ आश्विन १८, शनिबार

काठमाडौं : फिदिममा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा चार जना घाइते भएका छन् ।

फिदिम–४ सडक विभाग नजिकै विपरीत दिशाबाट आइरहेका मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार चार जना घाइते भएका हुन् । मे ११ प १६०२ र विपरीत दिशाबाट पल्लोटारतर्फ गइरहेको मे १० प ४८६२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मोटरसाइकल ठोक्किँदा मे ११ प १६०२ नम्बरको मोटरसाइकलका चालक फालेलुङ–६ निवासी २३ वर्षीय उत्तम राई, सोही मोटरसाइकलमा पछाडि सवार १८ वर्षीया झरना मेयोङ्वा, मे १० प ४८६२ नम्बरको मोटरसाइकल चालक फिदिम–१ का २२ वर्षीय दर्शन थापा र सोही मोटरसाइकलमा पछाडि सवार १८ वर्षीया पुजा राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।

तामाङका अनुसार घाइते चारै जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार