काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य ७ हजार ४ सय रूपैयाँले बढेको छ ।
असोज १० गते शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख २३ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ७ हजार ४ सय रूपैयाँले बढेर २ लाख ३० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
असोज १० गते शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार ८ सय १० रूपैयाँ कायम भएकोमा आज १२० रूपैयाँले बढेर २ हजार ९ सय ३० रूपैयाँ कायम भएको छ ।










