काठमाडौं : कात्तिक १७ गतेका लागि तय भएको मनाङ क्षेत्र नम्बर १ ‘ख’ मा उपनिर्वाचन नहुने भएको छ ।
आज बसेको आयोगको बैठकले मनाङमा उपनिर्वाचन तत्काललाई स्थगित गर्ने निर्णय गरेको गरेका हो ।
अहिलेको विषय परिस्थितिले निर्वाचन कार्यतालिका प्रभावित भएकोले मनाङको निर्वाचन कात्तिक १७ मा हुन नसक्ने निष्कर्षसहित छिटै नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने र दलहरूलाई दल दर्ता र निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गर्ने निर्णय गर्ने निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।





