टिकट नपाएपछि मन्त्रीद्वय घिसिङ र अर्यालको इलाम भ्रमण स्थगित

२०८२ आश्विन २०, सोमबार

काठमाडौं : मन्त्रीद्वय कुलमान घिसिङ र ओम प्रकाश अर्यालको इलाम भ्रमण आजका लागि स्थगित भएको छ ।

आज बिहान ११ बजे काठमाडौंबाट झापाको भद्रपुरसम्म हवाईजहाज र त्यहाँबाट हेलिकप्टरमार्फत इलाम पुग्ने कार्यक्रम तय भए पनि अन्तिम समयमा उडानको तालिका नमिल्दा भ्रमण स्थगित भएको हो ।

टिकट नपाएपछि इलाम जाने भनिएको कार्यक्रम स्थगित भएको छ । ‘इलाम जान ११ बजे प्रस्थान गर्ने तयारी थियो। तर ११ बजेभन्दा अगाडिको टिकट नपाएपछि आजको कार्यक्रम रद्द गरिएको हो,’ गृह मन्त्रालयका एक अधिकारीले भने ।

मन्त्रालयका अनुसार, राहत सामग्रीसहित छिट्टै इलाम जाने गरी नयाँ कार्यक्रम तय गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार