विदेशीको खेलौना दलालतन्त्रमा यस्तै हुन्छ : सूर्य थापा

२०८२ आश्विन २०, सोमबार

काठमाडौं : नेकपा एमालेका नेता सूर्य थापाले हामी नेपालका संयोजक सुदन गुरुङ मन्त्रालयको बैठकमा पुगेर उच्च तहका सरकारी कर्मचारीहरूलाई निर्देशन दिएको भन्दै असन्तुष्टि जनाएका छन्।

संविधान, कानुन र राजकीय जिम्मेवारीले नचिन्ने सन्दिग्ध विदेशीका एजेन्टहरू कहिले पानी बोक्दै घुसपैठ गरेर रक्तपात र आगजनी गराउने उनको भनाइ छ।

थापाले भनेका छन्, ‘कहिले राष्ट्रपतिलाई धम्काउन पुग्छन्। पढ्नु न लेख्नु जान्नु न बुझ्नु मन्त्रालयमै पुगेर मन्त्रीको उपस्थितिमा उच्च तहका सरकारी कर्मचारीहरूको हुर्मत लिन्छन् ! अर्थमन्त्री जो स्वयं व्युरोक्रेसीबाट आएका हुन्, उनी हजुर सुदन सर भन्दै जीहजुरीका साथ लाचारी प्रदर्शन गर्छन्। गृहमन्त्री यसै भरौटेलाई विपद्को एक्सपर्ट (विज्ञ) भन्न शरम मान्दैनन्।’

जनताबाट निर्वाचित र उत्तरदायी भए पो लाज, घिन, डर र शरम लागोस् त ? विदेशीको खेलौना दलालतन्त्रमा यस्तै हुन्छ भन्दै टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री सुशीला कार्कीप्रति पनि आक्रोश पोखेका छन्।

उनले भनेका छन्, ‘मानौँ यो लठैत सुशीला कार्कीको नियुक्तिको तथाकथित सिफारिसकर्ता मिस्टर लुसिफर (डार्कम्यान) को खास नायबी चलाइरहेको छ ! यसलाई नियुक्ति दिनुछ भने देऊ भरौटे सरकार, तर अनधिकृत र गैरजिम्मेवार हप्कीदप्की र जवाफदेहीबिहीन आदेशनिर्देश बन्द गर ! यो जोकरतन्त्र होइन, लोकतन्त्र हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार