विपद् जोखिम न्यूनीकरण राष्ट्रिय परिषद्को बैठक जारी

२०८२ आश्विन २१, मंगलवार

काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसिरहेको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसिरहेको हो।

बैठकमा बाढी-पहिरोपीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्नेलगायत विपद्‌सँग सम्बन्धित ९ एजेन्डा छलफलमा छन्।

जारी बैठकमा नेपाल सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृह मन्त्रालयका सचिवलगायत सहभागी छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार