काठमाडौं : हिमाचल प्रदेशको बिलासपुर जिल्लामा मंगलबार पहिरोमा बस परेपछि भएको दुर्घटनामा मृतकको संख्या बढेर १५ पुगेको छ।
हिमाचल प्रदेशका उपमुख्यमन्त्री मुकेश अग्निहोत्रीले जानकारी दिँदै भने, ‘बिलासपुर जिल्लामा एउटा निजी बस दुर्घटनाग्रस्त भएको छ। यस घटनामा १५ जनाको ज्यान गएको छ। १८ जनालाई उद्धार गरिएको छ, जसमा तीन जनालाई अस्पताल पठाइएको छ। बसमा कति जना सवार थिए भन्ने पुष्टि भइसकेको छैन, तर प्रारम्भिक अनुमान अनुसार २५–३० जना सवार थिए। म घटनास्थलतर्फ जाँदैछु।’
मुख्यमन्त्री सुखविन्दर सिंहले यस दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन्।उनीहरूले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माहरूको चीरशान्तिका लागि भगवानसँग प्रार्थना गरेका छन्।





