बालेनलाई आफ्नै गृह मन्त्रीले पक्रेला भन्ने डर छ : हर्क साम्पाङ

२०८२ आश्विन २३, बिहीबार

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहप्रति कटाक्ष व्यक्त गरेका छन्।

हर्कले बालेनलाई आफ्नै गृह मन्त्रीले पक्रेला भन्ने डर रहेको भन्दै कटाक्ष गरेका हुन्। उनले आफ्नै गृह मन्त्रीले आफैँलाई पक्रन्छ कि भन्ने डरले एक वर्षमा लेख्ने आफ्नो जम्मा स्टेटसभन्दा धेरै लामो स्टेटस लेखी प्रहरीलाई बयान लेख्नु भनेको असफलताको परिचय दिनु भएको बताए। आफ्नै प्रधानमन्त्री, आफ्नै गृह मन्त्री भएर पनि प्रहरी किन आफ्नो बन्न सकेन भन्दै प्रश्न समेत बालेनलाई गरेका छन्। साथै हर्कले देशलाई धोका दिने मान्छेको सरकार आफ्नो भए पनि राज्य आफ्नो नहुने जिकिर गरेका छन्।

‘आफ्नै गृह मन्त्रीले आफैँलाई पक्रन्छ कि भन्ने डरले १ वर्षमा लेख्ने मेरो जम्मा स्टेटस भन्दा धेरै लामो स्टेटस लेखी प्रहरीलाई बयान लेख्नु भनेको असफलताको परिचय दिनु हो,’ हर्कले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नै प्रधानमन्त्री, आफ्नै गृह मन्त्री भएर पनि प्रहरी किन आफ्नो बन्न सकेन था छ? किनकि देशलाई धोका दिने मान्छेको सरकार आफ्नो भएनि राज्य आफ्नो हुँदैन! प्रहरी राज्य हो त्यसैले!’

यसअघि अनेरास्ववियुका नेताहरूले बालेन र सुदनविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएपछि बालेनले सोही दिन सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर बयान दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार