काठमाडौँ : शाओमी नेपालले दशैं–तिहारको अवसरमा “शाओमी महा फेस्टिवल” अभियान अन्तर्गत आफ्नो लोकप्रिय स्मार्टफोन सिरिज रेड्मी नोट १४ मा आकर्षक मूल्य घटाउने घोषणा गरेको छ।
कम्पनीले यो अफर मार्फत ग्राहकहरूलाई अत्याधुनिक प्रविधि सहज मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको छ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीका अनुसार, रेड्मी नोट १४ सिरिजले नेपाली प्रयोगकर्ताको मनमा विशेष स्थान बनाइसकेको छ। उनले भने, “हामीले रेड्मी नोट १४ सिरिजलाई अझ सुलभ मूल्यमा ल्याएर ग्राहकप्रति हाम्रो वाचा दोहोर्याएका छौँ। अब सबैले फ्ल्यागशिप स्तरको डिजाइन र उत्कृष्ट प्रदर्शनको अनुभव लिन सक्नेछन्।”
नयाँ मूल्य सूची यसप्रकार छ:
रेड्मी नोट १४
• 6GB + 128GB: रु. २४,९९९ → रु. २३,९९९
• 8GB + 256GB: रु. २७,९९९ → रु. २६,९९९
रेड्मी नोट १४ (5G)
• 8GB + 256GB: रु. ३०,९९९ → रु. २९,९९९
• 12GB + 512GB: रु. ३५,९९९ → रु. ३४,९९९
रेड्मी नोट १४ सिरिज आकर्षक डिजाइन, शक्तिशाली प्रोसेसर र उन्नत क्यामेरा प्रणालीको संयोजनले परिचित छ। कम्पनीका अनुसार, नयाँ मूल्य २०८२ असोज ७ गते (सेप्टेम्बर २३, २०२५) देखि लागू भएको हो र नेपालभरका सबै अधिकृत शाओमी डिलर तथा खुद्रा स्टोरहरूमा उपलब्ध छ।





