ग्वार्कोमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

२०८२ आश्विन २३, बिहीबार

काठमाडौँ : ललितपुरको ग्वार्कोमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

आज बिहान ललितपुर महानगरपालिका १७ ग्वार्कोमा लु.५६ प १००३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा लमजुङको भोटेवडार घर भएका ३४ वर्षीय नवराज अधिकारी छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार