युवा संघले असोज २५ गते शक्ति प्रदर्शन गर्ने

२०८२ आश्विन २३, बिहीबार

काठमाडौं : नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालले असोज २५ गते आफ्नो शक्ति प्रदर्शन गर्ने भएको छ ।

युवा संघले मोटरसाइकल र्‍याली गरेर आफ्नो शक्ति देखाउने एमालेका पोलिटब्युरो सदस्य एवम् युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले चेतावनी दिएका हुन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले अब एमालेका युवाहरू चुप लागेर नबस्ने बताए । उनले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी पनि दिए ।

‘नेकपा एमाले केपी, अध्यक्ष ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन्’, बस्नेतले भने, ‘हिजो राणा, पञ्च र शाही शासन माओवादीलाई युथफोर्स बनाएर कान्छी औँलाको भरमा लडेको महेश बस्नेतको टोली हो । केपी ओलीलाई छोए देशभरि आगो बल्नेछ ।’

गृहमन्त्री ओमप्रकाश अर्याललाई लक्षित गर्दै बस्नेतले हावा भरका जेनजीको उक्साहटमा नलाग्न सावधान गराए । साथै, भ्रष्टचारीलाई छानबिन गर्न एमाले सहयोग गर्न तयार रहेको पनि बताए । ‘सहयोग गर्न तयार छौँ । हाम्रा बारेमा पनि छानबिन गर्नुस्’, उनले भने, ‘तर नेपालको १ नम्बर भ्रष्टाचारी कुलमानबाट थाल्नुस् ।’

उनले अर्थमन्त्री रामेश्वर खनालको पैसा कहाँबाट आयो भन्दै प्रश्न गर्दै बालेन शाह र सुदन गुरुलाई पहिला छानबिन गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार