काठमाडौँ : नेपाल प्रहरीका ३ जना डीआईजीहरुको सरुवा भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले रिक्त दुई वटा प्रदेश प्रहरी कार्यालयमा डीआईजी पठाउने निर्णय गरेका छन् । मधेस प्रदेश प्रहरी कार्यालयको प्रमुखमा डीआईजी गोविन्द थपलियालाई सरुवा गरिएको छ । सुदूरपश्चिम प्रदेशमा ओमबहादुर रानालाई पठाइएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत विनोद घिमिरेलाई प्रशासन विभागमा सरुवा गरिएको छ । घिमिरे हाल प्रहरी प्रवक्ताको जिम्मेवारीमा छन् ।





