काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झण्डै एक महिनापछि सार्वजनिक हुने भएका छन् ।
जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सांघातिक हमलामा परेपछि सघन उपचारपछि घर फर्किएका देउवा अहिलेसम्म सार्वजनिक भएका छैनन् ।
पार्टीका सिमित नेताहरुसँग मात्रै भेटवार्तामा रहेका देउवा मंगलबार सार्वजनिक हुने भएका छन् । उनी पार्टीको भोलिबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने जनाईएको छ । यसअघि पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा सहभागी हुने भनिएपनि अन्तिममा उनी उपस्थित् भएनन् ।





