पूर्वसभामुख महरालाई लगियो केन्द्रीय कारागार सुन्धारा

२०८२ आश्विन २९, बुधबार

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएसँगै केन्द्रीय कारागार सुन्धारामा लगिएको छ।

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठले महरालाई सुन्धाराको जगननाथ देवलमा पठाउने आदेश भएको जानकारी दिए।न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको ठहर गर्दै थुनामा पठाउन आदेश दिएको हो।

चिनिया तस्करले भेप (विद्युतीय चुरोट)मा ल्याएको ९ किलो बढी सुन भन्सारबाट छुटाउन महराले भनसुन गरेको आरोप छ । महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबी गर्दै सोमबार मुद्दा दर्ता भएको थियो। उनका छोरा राहुलसहित ४ जनाविरुद्ध यसअघि नै मुद्दा दर्ता भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार