दुई जिल्लाको एसपी हेरफेर, को कहाँ ?

२०८२ आश्विन ३१, शुक्रबार

काठमाडौं : सरकारले दुई जिल्लाका प्रहरी प्रमुख हेरफेर गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषा र रौतहटका प्रहरी प्रमुख हेरफेर गरिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषामा एसपी रुगम कुँवरलाई खटाइएको छ भने रौतहटमा एसपी रविन कार्कीलाई पठाइएको छ।

यसअघि जिल्ला प्रहरी कार्यालय धनुसामा नरहरी रेग्मी कार्यरत थिए। रौतहटमा एसपी नेत्रमणि गिरी कार्यरत थिए। उनीहरूलाई फिर्ता बोलाएर कुँवर र कार्कीलाई खटाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार