काठमाडौँ : हालैको बाढी पहिरोबाट भएको क्षतिमा ३ अर्ब २६ करोड रुपैयाँ बराबरको दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिमा हालसम्म रु. ३ अर्ब २६ करोड ७६ लाख बराबरको दाबी परेको हो ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा कूल ७०४ वटा बीमामा सो रकम बराबरको दाबी परेको प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता सुशील देव सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कुन बीमालेखमा कति ? (तालिका)






