नेपाली सेनाले राजनीति नगर्ने स्पष्ट

२०८२ आश्विन ३१, शुक्रबार

काठमाडौं : नेपाली सेनाले आफूहरू राजनीति नगर्ने स्पष्ट पारेको छ ।

जेनजी आन्दोलनपछिको अवस्थाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एक वरिष्ठ सैन्य अधिकारीले तत्कालीन परिस्थितिमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सेनाले वस्तुगत मूल्यांकनका आधारमा आवश्यक पहल मात्र गरेको बताए।

उनले आन्दोलनका क्रममा सबै पक्षसँग छलफल गरी अराजकता न्यूनीकरण गर्ने प्रयास गरिएको उल्लेख गरे।

आन्दोलनमा विभिन्न समूहको संलग्नता रहेकाले तत्कालीन समयमा राजनीतिक संवाद सम्भव थिएन भनेका ती अधिकारीले, “छलफलमार्फत समाधान खोज्नु नै उत्तम विकल्प थियो,” भने। सेनाले शक्ति कब्जा गर्न नभई परिस्थितिलाई नियन्त्रणमा लिन जिम्मेवारीपूर्वक कदम चालेको दाबी पनि उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार